Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सासुको खुकुरी प्रहारवाट ज्वाँई गम्भीर घाइते


दाङ,कात्तिक २१ । दाङमा एक सासुको खुकुरी प्रहारबाट ज्वाँई गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी ३१ बर्षीय गणेश चन्दलाई माइती गएको समयमा बुधवार बेलुका सासुले खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकलकलेजमा रेफर गरिएको डिएसपी शाहले बताए ।

पत्निसंगै घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरस्थित सुसुराली गएको समयमा चन्दमाथि ४१ बर्षीया सासु आमा मधुकुमारी मल्लले छोरीलाई कुटेको भन्दै खुकरी प्रहार गरेको भन्ने खुल्न आएको डिएसपी शाहले जानकारी दिए ।

घाइते चन्द र उनकी पत्नि २२ बर्षीय सरस्वती मल्लका बीचमा बुधवार बेलुका पौने ९ बजेतिर सामान्ने विवाद पछि कुटाकुट हुँदा त्यही समयमा चन्दमाथि उनकी सासुले टाउकोमा खुकुरी प्रहार गरेकी थिइन ।

घाइते चन्दलाई गएराति पौने ११ बजे थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो । खुकुरी प्रहार गरेको अभियोगमा सासु मधुकुमारी मल्ललाई प्रहरीले पक्राउ गरेको छ । डिएसपी शाहका अनुसार घटनावारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal