२०८१ असोज २४ गते बिहिवार

बसको ठक्करबाट पूर्व सांसद महतोको मृत्यु

कात्तिक १५। पूर्व सांसद रामलखन महतोको दुर्घटनामा परी मृत्यु भएको छ। ६० वर्षिय महतो शुक्रबार साइकल चढेर जनकपुर जाँदै गर्दा विपरित दिशाबाट आएको बसले मिथिला नगरपालिका-२ विश्वकर्मा चोकमा ठक्कर दिएको थियो।

बा ५ ख ८८५ नम्बरको यात्रु बहाकबसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

महतोको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनापछि उनलाई जानकी हेलिकेयरमा लगिएको थियो।

प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ। महत्तो २०५१मा नेकपा एमालेबाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *