दाङ,कात्तिक १४ । तुलसीपुरमा बुधवार बेलुका भएको सवारी दुर्घटनाका घाइते मध्य तीन जनालाई थप उपचारको लागि भारतकोलखनउ पठाइएको छ ।
दुर्घटनाका गम्भीर घाइते मध्य अटो चालक २७ बर्षीय ज्ञानबहादुर चौधरी, उनकी १७ महिनाकी छोरी अदिती चौधरी र तुलसीपुर १६लहलौरा निवासी ६० बर्षीय ईश्वरीबहादुर बस्नेतलाई थप उपचारको लागि लखनउ रेफर गरिएको छ । घाइते तीनै जनालाई तुलसीपुरकोप्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर लगिएको थियो । त्यहाँवाट फेरि छिमेकी देश भारतको लखनउका लागिबुधवार राति नै रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनाका अन्य घाइतेहरु मध्य तुलसीपुर १६ उत्तरकुरहरिया निवासी अन्दाजी २४ बर्षीय प्रविण चौधरी र घोराहीउपमहानगरपालिका वडा नं. १२ निवासी अन्दाजी २३ बर्षीय विजय चौधरीको अवस्था भने सामान्ने उन्मुख रहेको छ । ईलाका प्रहरीकार्यालय तुलपुरका प्रमुख तथा डिएसपी हरिहरनाथ योगीले उनीहरुको उपचार तुलसीपुरमै भइरहेको जानकारी दिए ।
उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको बुधवार बेलुका नै मृत्युभएको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुुर्याए लगतै बुधवार बेलुका साढे ७ बजेतिर चौधरीलाई चिकित्सकले मृत घोषणागरेका थिए ।
तुलसीपुर बजारबाट दक्षिण तर्फ जाँदै गरेको रा १ ह ३५४९ नम्वरको अटोलाई नेपालगञ्जवाट तुलसीपुर बजार तर्फ आउँदै गरेको बा २ ख३९५९ नम्वरको हायसले तुलसीपुरको स्टारचोकमा बुधवार बेलुका सवा ७ बजेतिर ठक्कर दिदा उक्त दुर्घटना भएको हो । अटोलेस्कूटरलाई ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।