लमही, कात्तिक ११ । प्रहरीले गएराति लमहीमा ८ जुवाडे पक्राउ गरेको छ । गएराति साढे १२ बजे जुवा खालामा छापा हानेर नगद ६ लाख ७८ हजार ५ सय रुपैंया सहित ८ जनालाई पक्राउ गरेको जानारी दिएको छ । लमही नगरपालिका वडा नं. ५ स्थित रत्नप्रसाद श्रेष्ठको घरमा छापा हानेर उनीहरुलाई पक्राउ जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा लमही नगर पालिका वडा नं. ५ का ४८ बर्षीय रत्नप्रसाद श्रेष्ठ, वडा न ८ बस्ने ४१ बर्षीय प्रताप खड्का, सोही ठाउ निवासी ५५ बर्षीय कर्णबहादुर बुढाथोकी,वडा नं. ३ बस्ने ५५ बर्षीय अमरबहादुर तामाङ, वडा नं. ६ बस्ने ५२ बर्षीय भिबिराज किरात, सोही वडा बस्ने ३४ बर्षीय खिम पुन,वडा नं. ५ बस्ने ५५ बर्षीय मुकेश चौधरी र सोही वडा बस्ने ४० बर्षीय अशोककुमार खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुको साथबाट १३ गड्डीप् नखोलेको तास, ३ गड्डी खोलेको तास, ३२ थान कौडा बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबै विरुद्ध जुवा ऐन अन्तगत मुद्दा चलाएर कारवाही गरिने प्रहरीले बताएको छ ।