२०८२ असार २४ गते बुधवार

तुलसीपुरको बनकट्टीमा एक युवक मृत फेला


दाङ,कात्तिक ९ । दाङको तुलसीपरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ हेमन्तपुर निवासी २६ बर्षीय गोपाल घिमिरे गाउँमा शनिवार मृत फेला परेका हुन ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले घिमेरे शुक्रवार बेलुकी पख बनकट्टी गाउँकै एक रेष्टुरेण्टमा मदिरा सेवन पछि घर तर्फ लागेका थिए । उनको साथमा आएका अन्य दूई जना उनका साथीहरु पनि संगै उक्त रेष्टुरेण्टवाट निस्किएका थिए । प्रहरीका अनुसार संगै रेष्टुरेण्टमा मदिरा सेवन पछि निस्किाएका थप दुईजना भने फरार रहेका छन् ।

घिमेरेको शव बाटो छेउको सडकदेखि ४÷५ मिटर मुन्तिरको खोल्सामा फेला परेको बताए । घटना बारे अनुसन्धान भइरहेको र फरार दुई युवाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *