२०८१ असोज २९ गते मङ्गलवार

वडा अध्यक्षले पत्रकारको हात काट्ने धम्कि दिए


रुकुम,कात्तिक ९ । सत्तारुढ दल नेकपाबाट निर्वाचित एक वडा अध्यक्षले रुकुमका एक पत्रकारलाई हातकाट्ने धम्कि दिएका छन् । मुसिकोट नगरपालीका १३ का वडा अध्यक्ष तथा नेकपाका स्थानीय नेता दिपक केसीले आफ्नो विरुद्ध समाचार लखेको विषयमा रेखदेख साप्ताहिकका प्रकाशक तथा सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएको पीडितले बताएका छन् ।

समाचारको विषयमा पटक÷पटक धम्कयाउँदै आएका केसीले शुक्रवार भने ददेललाई खाना खाइरहेका ठाउँमा आक्रमणको प्रयास गरेको पीडित पत्रकारले बताएका छन् । त्यतिबेला नै उनले पत्रकार दलेल माथि आक्रमणको प्रयास गरेको भएपनि अन्य स्थानीयनले जोगाएको पीडित पत्रकारले बताए । त्यतिबेला उनले समाचार लेख्ने हात काट्ने तथा जहाँ भेट्यो त्यहि ठीक पार्ने धम्की दिएको पत्रकार दलेलले जानकारी दिए ।

यसैबीच नेपाल प्रेस युनियनले समाचार लेखेकै भरमा पत्रकारलाई सार्वजनिक स्थानमा धम्की दिएको भन्ने घटना सार्वजनिक भएपछि त्यसको भत्र्सना गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती प्रकासित गर्दै पत्रकारको सुरक्षा र पत्रकारलाई धम्की दिने वडा अध्यक्ष केसीलाई कानुनी कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *