दाङ,कात्तिक ८ । व्यक्ति हत्या अभियोगमा सल्यान प्रहरीले एक जना फरार प्रतिवादीलाई १५ बर्षपछि पक्राउ गरेको छ ।
जिल्लाको साविक काभ्रा गाविस वडा नं. ३ आरुचौर निवासी डिलबहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
२०६३ साल कात्तिक ५ गते काभ्रा निवासी ३६ बर्षीय बिमबहादुर विकको हत्या गरेका थिए ।
गाजली विकको किटानी जाहेरीमा पक्राउ परेका पुनसहितका अन्य ७ जना व्यक्तिहरु घरमा आएर विकलाई डर, त्रास र धम्कि देखाउँदै घरैवाट कुटपिट गर्दै लगेको भन्ने उल्लेख गरेकी छन् ।
प्रहरीले विकको शव २०६३ साल कात्तिक ६ गते विहान बरढुङ्गा भन्ने खोलाको छेउमा फेला पारेको थियो । त्यो समयदेखि फरार पुनलाई हालको त्रिवेणी गाउँपालिका वडा नं. १ काभ्राबाट प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार