२०८१ असोज २५ गते शुक्रवार

पोलियो दिवसकोमा सचेतना र्याली


शरद रेग्मी,
तुलसीपुर,कात्तिक ७ । विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीले सचेतना र्यालीको आयोजना गरेको छ ।नेपाल नेशनल पोलियो प्लस कमिटीको प्राबिधिक सहयोगमा बिभिन्न संघ संस्थाहरुको सहभागितामा ¥याली निकालिएको हो ।क्लबका अध्यक्ष देवबहादुर केसीले पोलियो उन्मुलन गर्न अनिवार्य रुपमा आफ्ना बालबालिकालाई पोलियो खुवाउन आवश्यक रहेको बताए ।

पेलियोको जिवानुले जुनसुकै बेला संक्रमण गर्न सक्ने हुँदा बच्न बालबालिकालाई अनिवार्य रुपमा पोलियो ख्वाउन आवश्यक रहेको उनले जोड दिए ।अर्का बक्ता रुपेश शर्माले पोलियो रोग लागिसकेपछि यसको पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोग लाग्न नदिनु बुद्धिमानी हुने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहले पोलियो रोग बिशेष गरी गरीवीको रेखा मुनी रहेका मुलुकहरु र सिमान्तकृत समुदायमा बढी देखिने गरेकोले देशको गरिवी मेटाउन सकेमा पोलियो स्वतह रोकथाम हुने धारणा व्यक्त गरे । पोलियो उन्मुलन गर्न रोटरी इन्टरनेसनल लगाएतका संघ संस्थाहरु संग सहकार्य गर्ने उनले बताए । तुलसीपुरको ‘घ’लाईनबाट शुरु भएको र्यालिमा स्थानीय सरकारका प्रतिनिधि लगाएत विभिन्न संघ संस्थाहरुको सहभागिता थियो ।

सो अबसरमा रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले पोलियोको बिरुद्धमा भ्याक्सिनको बिकास गर्ने जोनक साल्कको जन्म दिवसलाई स्मरणयोग्य बनाउनको लागि विश्व पोलियो दिवस मनाउन थालिएको अवगत गराएका थिए । कार्यक्रमको सहजीकरण क्लबका सचिव सन्दिपन रिजालले गरेका हुन ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *