२०८१ असोज २९ गते मङ्गलवार

सल्यानको खानी गाउँमा जंगली जनावरले किसानको मकै स्वाहा पारे

शंकर केसी,
सल्यान, कार्तिक ६ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङका स्थानीय जंगली जनावरको आतंकले आजित भएका छन् । स्थित खानी गाउँका १९ घर परिवारले जंगली जनावरको उपद्रोले गर्दा आजित बनेका छन् ।
बँदेल, दुम्सी, गधै बाघ, बाँदरले खेतवारीमा लगाएको मकै, गहुँ लगाएतका अन्नवालीमा ठूलो क्षति पुर्याउँदै आएको खानिगाउँका किसान तुलाराम डाँगीले गुनासो गरे ।

उनले जंगली जनावरको ज्याजती सहन नसकेर वडा कार्यालय र गाउँपालिकामा उजुरी दिदै क्षतिपुर्तीको माग गरेका छन् ।
डाँगीले आफ्नो २९ रोपनी खेतीयोग्य जमिन मध्ये १५ रोपनी क्षेत्रफलको बारीमा लगाएको मकै खेतीमा जंगली जनावरले क्षति पुर्याएको गुनासो गरेका छन् । त्यसमध्य ६ रोपनी जग्गामा लगाएको मकै बाली जंगल जनावरले स्वाहा पारेको डाँगीले निवेदनमा उल्लेख गरेका छन् । जंगली जनावरकै कारण थप १४ रोपनी जग्गा यो पटक उनले बाँझै छोड्नु परेको पनि उल्लेख गरेका छन् । त्यो गाउँमा जम्मा ३० घर परिवार रहेकोमा १९ घर परिवारको अन्नवारी जंगल जनावरले नष्ट गर्दै आएको डाँगीले उल्लेख गरेका छन् ।

सिनवाङकै अर्का किसान हुर्मत खड्काले पनि जंगली जनावरले आफ्नो ५ रोपनी भन्दा बढी क्षेत्रमा लगाएको मकै वाली जंगली जनावरले नष्ट गरिदिएको भन्दै क्षतिपुर्तीको माग गरेका छन् । उनीहरु जस्तै नेत्रलाल वस्नेत, मिनराम वोहोरा लगाएतका किसानले जंगली जनावरको हानी नोक्सानीका कारण मकै वालीमा ठूलो नोक्सानी बेहोर्नु परेको जानकारी दिएका छन् । अरुले जनावरले खाएको मकै केही मात्रामा भएपनि भित्र्याएको भएपनि तुलाराम डाँगीले भने हालसम्म मकै बाली भित्र्याएका छैनन् । उनले जंगली जनावरले स्वाहा पारिदिएको आफ्नो मकै वालीको निरिक्षण गरिदिन जनप्रतिनिधि र गाउँपालिकालाई आग्रह समेत गरेका छन् ।

‘स्थानीय सरकाले केही नगरे अव गाउँमा बस्न सक्ने अवस्था रहने छैन,’ पीडित डाँगीले भने ‘कित क्षतिपुर्ती दिनु पर्यो कि जनावर मारिदिनु पर्यो ।’ रातको समयमा बथानका साथ आउने बँदेलले मुख्य गरि किसानको उत्पादिन बाली नष्ट गरिदिने गरेको उनीहरुले उल्लेख गरेका छन् ।

बाँदरले दिउँसोमा र बँदेल तथा दुम्सीले रातको समयमा बालीमा क्षति पुर्याउने गरेको निवेदनमा डाँगीले उल्लेख गरेका छन् । जनावर तर्साउन बारीमा कोलो झुण्ड्याएको भएपनि त्यो प्रभावकारी नभएको स्थानीयले बताएका छन् । कतिपयले जनावर बाट उत्पादित बाली जोगाउन बारी मै बास बस्नु पर्ने गरेपनि जोगाउन नसकेको उल्लेख गरेका छन् ।
स्थानीय किसानले कोलो बारीको बीचमा एउटा बलोमा गाडेर राखेर घरैदेखि बारीसम्म बाबियोको डोरीले बाँधेर घरैबाट डोरी तानेर बँदेल धपाउने प्रयास गरिएको जानकारी दिएका छन् ।

‘ मैले २ हजार रुपैंया खर्च गरेर फलामको तारमा कोले टंगाएर कोलो झुण्डए पनि मकै वाली जोगाउन सकिन,’ डाँगीले भने । यो बर्ष बँदेलले ६ मुरी मकै र ३ मुरी भन्दा धेरै उत्पादिन गहुँ बाली नष्ट गरिदिएको उनले बताए । स्थानीय काउले खोला सामुदायिक वनबाट जंगली जनावर आएर किसानको वाली नष्ट गर्ने गरेको स्थानीय किसानले बताएका छन् ।

कपुरकोट गाउँपालिकामा क्षतिपुर्ती उपलब्ध गराइदिन मागसहित निवेदन परेपछि गाउँपालिकाले सम्बन्धित कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै पत्राचार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशसकीय अधिकृत अरुण दाहालले जानकारी दिएका छन् ।

क्षतिको विवरण संकलन गर्न र आवश्यक प्रक्रिया अगाडि बढाउन शव डिभिजन वन कार्यालय कपुरकोट र कृषि विकास शाखालाई पत्राचार गरिएको दाहालले जानकारी दिए । गत वर्षपनि गाउँपालिका तथा वन कार्यालयको पहलमा जंगली जनावरले गरेको क्षतिको अध्यनपछि स्थानीय किसानलाई राहात प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *