२०८१ असोज २९ गते मङ्गलवार

राप्तीमा डम्पिङसाईड खोज्न ५१ सदस्य कार्यदल गठन

तिर्थराज ज्ञवाली,
देउखुरी दाङ, कार्तिक ६ । राप्ती गाउँपालिका क्षेत्रको फोहर ब्यवस्थापन क्षेत्र खोजीका लागि ५१ सदस्य कार्यदल गठन गरेको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सरोकारवाला सहितको भेलाले कार्यदल निर्माण गरेको हो ।

बढ्दो जनघनत्व, बसाई सराई, आधुनिकता, विलाशिताको कारण अत्यधिक फोहर जन्य पदार्थ बढ्दै गएको कारण टोल, बस्ती, गाउँ, बजार प्रदुशित हुदै गएकाले ब्यवस्थित फोहर ब्यवस्थापन क्षेत्रको खोजी गर्न गाउँपालिकाले सरोकारवाला सहितको कार्यदल निर्माण गरेको हो ।

राप्ती क्षेत्रको फोहरलाई कहा र कसरी ब्यवस्थापन गर्ने ? भन्ने बारेमा अवस्था बुझेर उपयुक्त स्थान र प्रविधि छनौट गर्न किरण भण्डारीको संयोजकत्वमा ५१ दसस्य कार्यदल गठन गरिएको छ ।

कार्यदल सदस्यहरुमा राप्ती गाउँपालिका क्षेत्रका सामुदायीक वन, क्रियाशिल राजनीतिक पार्टी, वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघ, खानेपानी समितिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार,बुद्धिजीवी लगाएत रहेका छन् ।

यसैबीच गाउँपासिलिकाले फोहर ब्यवस्थापन क्षेत्र उपलब्ध गराउने वडालाई त्यस क्षेत्रको विकासका लागि प्रोत्साहन स्वरुप वार्षिक २५ लाख रुपैंया प्रदान गर्ने निर्णय पनि गरेको छ । फोहर ब्यवस्थापन क्षेत्र रहेको सामुदायिक वनलाई नियमित सहयोग, आम्दानीको पुरै रकम तथा कर्मचारीको ब्यवस्थापन गर्न खर्च उपलब्ध गराउने निणय समेत गरेको छ ।
गाउँपालिकाले फोहर ब्यवस्थापन क्षेत्रलाई सुरक्षित मानव तथा पशु पंक्षीलाई कुनैपनि असर नपुग्ने खालको निर्माण गर्ने योजना तय गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *