२०८२ असार २७ गते शनिवार

५६ जना प्रतिवादी मध्य कस्लाई कति रकम हिनामिना गरेको अभियोग लागेको छ ? हेर्नुहोस पुरै विवरण

दाङ, कार्तिक ५ । देव बैंकको १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैंया ५३ पैंशा हिनामिना प्रकरणमा सञ्चालक समितिका पदाधिकारीसहित ५६ जना विरुद्ध उजुरी दर्ता भएको छ । आइतवार तुलसिपुरस्थ्ति उच्च अदालत तुलसिपुरको वाणिज्य ईजलाशमा देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा तत्कालिन वेष्टर्न बैँक सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाका विरुद्ध बैंकिङ कसुर सम्वन्धि मुद्दा दर्ता भएको छ ।

५६ जना मध्य कस्ले कति रकम हिनामिना गरेका अभियोग ?
सरकारी वकिलको कार्यालयले आइतवार अदालतमा पेश गरेको अभियोग पत्रमा एउटै व्यक्तिले ५ करोडसम्म रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएको छ ।

अभियोग पत्रमा वशन्तबहादुर बस्नेतको खातावाट ४ करोड ३० लाख ७२ हजार ५ सय, मनोज केसीबाट २ करोड ८ लाख २३ हजार ४ सय ९२, रोषण बस्नेतवाट १ करोड ४३ लाख ६५ हजार, वैंकका म्यानेजर समिर बुढाथोकीवाट १ करोड ४० लाख ८० हजार ५ सय, फेरि समिर बुढाथोकी कै नामवाट १६ लाख ७५ हजार, झगबहादुर डिसीको खातावाट १ करोड १९ लाख ५० हजार, वन्दना गुप्ताको बाट ६१ लाख, विनोद खड्काको बाट ४० लाख ४३ हजार, मदन डिसीवाट ३८ लाख ८८ हजार, ३० रुपैंया ८४ पैंशा रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएको छ ।

त्यस्तै शान्ति केसीवाट ४ लाख , मनोजकुमार गुप्तावाट ९ लाख ५ हजार, सक्टुराम गुप्तावाट ४६ लाख, शारदा थापा बस्नेतवाट ३५ लाख ७० हजार, सञ्जय बगालेवाट ३७ लाख २५ हजार, विनोदकुमार वलीवाट ३० लाख ६० हजार, विजय शर्माबाट २० लाख ५० हजार, विजयकुमार गुप्तावाट १५ लाख ६५ हजार, जिवराज रावतवाट १८ लाख, अर्जुन बस्नेतवाट २६ लाख ५० हजार, नोमबहादुर बुढाथोकीवाट १५ लाख, यज्ञबहादुर वलीवाट १५ लाख ८० हजार, विरेन्द्रकुमार गुप्तावाट १९ लाख ७५ हजार, प्रेमबहादुर बुढाथोकीवाट १४ लाख, किरण राउतवाट १३ लाख ८६ हजार, नोखमतिकुमारी बस्नेतवाट १२ लाख ६५ हजार, डोमकली खड्कावाट २८ लाख ५० हजार रकम हिनामिना गरेको अभियोग लागेको छ ।

त्यसैगरी नरबहादुर कार्कीवाट ११ लाख ९० हजार, धनेश्वर आचार्यवाट १० लाख, द्रोर्णबहादुर केसीवाट १० लाख, रामबहादुर घर्तीवाट १५ लाख ५० हजार, रविन्द्रकुमार गुप्तावाट १२ लाख, केशव बुढाथोकीवाट ६ लाख ३० हजार, वशन्त वुढाथोकीवाट ७० हजार, शरद पोखरेलवाट ६ लाख, मतकुमार पौडेलवाट ५ लाख, नरसिंह विश्वकर्मावाट ५ लाख, शालिकराम केसीवाट ५ लाख, खुविराम न्यौंपानेवाट ४ लाख रकम हिनामिना गरेको अभियोग लागेको छ ।

त्यस्तै रविनकुमार डाँगीवाट ३ लाख ५१ हजार, कीर्ति न्यौंपाने रावतवाट ३ लाख, रक्षा मल्ल बस्नेतवाट ३ लाख, हेमन्त पुन मगरवाट १ लाख, निमबहादुर बुढाथोकीवाट १ लाख, बालिका महरावाट ५० हजार समेत गरि जम्मा १६ करोड ६६ लाख ४० हजार २ सय ६६ रुपैंया ८४ पैंशा हिनामिना गरेको अभियोगका साथ अदालतमा मुद्दा दर्ता भएको छ ।

नक्कली खाता बनाई भएको हिनामिना
तत्कालिन वेष्टर्न बैंक नारायणपुर शाखा र मर्जर भएपछि हालको देव बैंकमा नक्कली खाता बनाई नक्कली रुपमा व्याज तिरेको देखाएर समेत बैंकको २ करोड बढी रकम हिनामिना गरेको अभियोगमा थप केही अन्यमाथि मुद्दा चलाइएको छ । जस मध्य पुष्पादेवी न्यौंपानेवाट ४ लाख ५५ हजार , लेखराज आचार्यवाट ५ हजार, भरतमनि खतालवाट ४ लाख ५० हजार, सुरेन्द्र किराना पसलको नामवाट ५ हजार, रोका सप्लार्यवाट ५ हजार, केसी सप्लायर्सवाट ५ हजार, पोखरेल पोल्ट्रि फार्मवाट ५ हजार, रावत पोल्ट्रि फार्मवाट ५ हजार, रावत सप्लार्यवाट ५ हजार, डब्लुबीडिएल इन्ट्रेष्ट पेमेन्टको नामवाट १ करोड ३३ लाख ८१ हजार ५१ रुपैंया ६९ पैंशा र डब्लुबीडिएलको लोन सर्भिस चार्जको नाममा ३ लाख ११ हजार ५ सय गरेर कुल १८ करोड ३ लाख ७२ हजार ८ सय १८ रुपैंया ५३ पैंशा हिनामिना गरेको भन्दै सबैका विरुद्ध मुद्दा दायर भएको छ ।

१३ जना प्रतिवादी अभियोग पत्रसहित पेश
त्यसमध्य १३ जना प्रतिवादीलाई आइतवार अभियोग पत्रसहित अदालतमा पेश गरिएको छ । बैंका शाखा प्रवन्धक समिर बुढाथोकी, वरिष्ठ प्रवन्धक अनिलकुमार न्यौंपाने, खातावालाहरु वशन्तबहादुर बस्नेत, झगबहादुर डिसी, वन्दना गुप्ता, विरेन्द्रकुमार गुप्ता, विजयकुमार गुप्ता, अर्जुन बस्नेत, मतकुमार पौडेल, सक्टुराम गुप्ता, वशन्त बुढाथोकी, कर्मचारी तर्फ पोषणप्रशाद जैसी र अर्चना थापा खत्री रहेका छन् ।

वयान सकिए लगतै थुनछेक
दाङमा केन्द्रीय कार्यालय रहेको बैंकमा सबैजसो पदाधिकारी पनि स्थानीय नै थिए । आइतवार पहिलो पटक अदालतमा मुद्दा दर्ता गर्दा सरकारी वकिल कार्यालयले सञ्चालक बुढाथोकीसहित ६ जना वैंक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरि ५६ जनाका विरुद्ध मुद्दा चलाएको छ । उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा ५६ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको अदालतका रिजष्ट्रार तथा सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए ।

अभियोग पत्र नै ५८ पेज जतिको रहेको हुँदा त्यो पढेर प्रतिवादीहरुको बयान लिनुपर्ने हुन्छ । त्यसले वयान एकै दिन सकिएन । त्यही भएर सोमवारदेखि फेरि उनीहरुको वयान उच्च अदालतमा जारी छ । वयान सकिए लगतै थुनछेकको प्रक्रिया सुरु हुने छ ।


८ म्हिनाकी गर्भवति समेत थुनामा
अदालतका रजिष्ट्रार प्रेम खड्काका अनुसार वयान नसकिदा सम्म सबै प्रतिवादी प्रहरी हिरासतमा पठाइको छ । यसअघि तारेखमा छुटेकी ८ महिनाकी गर्भवति वन्दना गुप्तालाई समेत आइतवार पुनः प्रहरी हिरासतमा पठाइएको छ । त्यस्तै अर्का एकजना मानसिक सञ्तुलन ठिक नभएका व्यक्तिलाई पनि तारेखमा छोडिएको भएपनि आइतवार फेरि हिरासतमा पठाएको छ ।

देव विकास बैंकका सिइयो विजयबहादुर श्रेष्ठको जाहेरीका आधारमा गत भदौ ३ गते नै शाखा प्रवन्धक बुढाथोकी पक्राउ परेका थिए । बुढाथोकीको वयानका आधारमा विरष्ठ प्रवन्धक न्यौंपाने,अन्य कर्मचारी र खातावालाई समेत प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो । बैंक सञ्चालकहरु र सिइओ भने फरार छन् । अदालत वाट पक्राउ पुर्जी जारी गरि उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

रातारात धनि बन्ने गलत सोचले उठिबास
दाङमै केन्द्रीय कार्यालय रहेको तत्कालिन वेष्टर्न बैंकका सञ्चालक र उच्च तहका कर्मचारीमा रातारात धनि बन्ने गलत होडवाजीले आज उठिबास लाग्ने अवस्था सृजना हुन पुगेको छ । कतिपय भागाभाग छन् भने उनीहरुको नाममा भएको अनियमिताको रकम हेर्दा कतिपयलाई घर बास बेच्दा पनि नपुग्ने अवस्था देखिएको छ ।

रकम हिनामिना प्रकरणमा तत्कालिन बेष्टर्न बैँकका सिइओ खिमबहादुर डिसी, बैँकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, वुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा वशन्तबहादुर बस्नेतसहित ४३ जनाका विरुद्ध मुद्दा दर्ता भएको छ ।

सिइयो खिमबहादुर डिसी लगाएत तत्कालिन बेष्टर्न बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरु अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा सबै फरार छन् । वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा मात्रै देव विकास बैंकसँग गाभिएको थियो। शाखा म्यानेजर समिर बुढाथोकी २०६७ सालदेखि वेष्टर्न डेभेलपमेण्ट बैकमा म्यानेजरका रूपमा कार्यरत थिए। त्यसैले पनि म्यानेजर समिर बुढाथोकीलाई मुख्य योजनाकार मानको छ । बैंक म्यानेजर बुढाथोकीले फर्जी ३५ जनाको नाममा नक्कली ऋणी बनाएर व्यक्तिगत लाभको लागि गलत तरिकाले कर्जा प्रवाह गरेको प्रहरीको अनुसन्धानको मिसिलमा उल्लेख छ । त्यसमा बैँक सञ्चालक, सिइओ,ऋण वोर्डका सदस्य, अडिटरलगाएत अन्य कर्मचारीको पनि गम्भीर लापरवाही र मिलिभगत देखिएको अभियोग पत्रमा उल्लेख छ ।

अनुसन्धानका क्रममा एकै दिन गोलमोटर तालले बैंकको हिसाव किताव अडिट गरिएको देखिएको छ । खाताको रकम दुरुपयोग गर्नेहरुलाई बैंक हिनामिनामा सहयोगिको भूमिका निर्वाह गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ ।

दोब्बर विगो दाबीसहित मुद्दा दर्ता
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा दाब्बर विगो माग दाबी गरिएको छ । १८ करोड ३ लाख ७२ हजारको दोब्वर विगो (३६ करोड बढी) हुन आउँछ । साही वमोजिम जरिवाना र अभियुक्तलाई कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ ।

५६ जना सबैलाई एउटै विगो वमोजिम जरिवाना र कैद माग गरिएको छ । बैकिङ कसुर मुद्दामा विगो वमोजिम जरीवानासहित दुई वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *