Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


घोराहीवाट फेरि ५ जुवाडे पक्राउ परे



दाङ,कात्तिक ४ । प्रहरीले घोराहीवाट फेरि पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. ४ घर भइ हाल घेराही उपमहानगरपालिका वडा नं. १५ मिलन चोकमा डेरामा बस्दै आएका २९ बर्षी निमबहादुर भण्डारीको कोठाबाट उनीहरु पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुलाई आइतवार बेलुका साढे ६ बजे तिर पक्राउ गरिएको हो ।पक्राउ पर्ने अन्य ४ जना व्यक्तिहरु मध्य रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ३ निवासी ३२ बर्षीय प्रेमबहादुर बिष्ट, रोल्पाकै थवाङ गाउँपालिका वडा नं. १ बस्ने ३० बर्षीय कमल विक, दाङको घोराही १३ निवासी ३६ वर्षीय केशवबहादुर डाँगी सोहि ठाउँ निवासी ३२ बर्षीय श्यामलाल विक रहेका छन् ।

उनीहरुलाई २ गड्डी तास र ७४ हजार ५ सय ६० रुपैंया नगद सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सबैका विरुद्ध म्याद थप गरि जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal