२०८१ मङ्सिर २७ गते बिहिवार

मलेशियामा एक नेपालीको मृत्यु

कात्तिक ३ । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका-२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४:३० बजेतिर मृत्यु भएको हो ।

दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश वलीले बताए ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए । रासस

 

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *