२०८१ बैशाख ८ गते शनिवार

विप्लवका दाजुसहित २१ नेता कार्यकर्ता पक्राउ परेको मगराइना गाँउमा छाएको त्रासदी


शिवु खनाल,
दाङ,कात्तिक २ । विहीवार विहान १ बजे सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका २१ नेता कार्यकर्ता सुतिरहेको समयमा प्रहरीले घेराहालेर उनीहरुलाई पक्राउ गरेको थियो ।राजपुर गाउँपालिका वडा नं. ४ स्थित यही स्थानमा उनीहरुको तीन दिनदेखि बैठक चलिरहेको गोप्य सूचनाको आधारमा घोराही, लमही र गढवावाट असोज ३० गते रातारात गएको झन्डै ३० जनाको प्रहरी टोलीले विप्लवका सहोदर दाजुसहित २१ नेतालाई पक्राउ गरेको थियो ।

केही दिन पहिले खसी डोर्याएर आएका विप्लवका नेता कार्यकर्ताले स्थानीय ज्ञानेन्द्र रानाको घरमा त्यो खसी काटेर मेस समेत सञ्चालन गरेका थिए । २९ गते राति मेस संचालन गरि खाना खाएर आफ्नो घरमा बास बसेको रानाको पत्नि शोभा रानाले बताइन ।

विप्लवका कार्यकर्ता तथा नेताहरू गाउँमा पहिलादेखि आउने जाने गर्ने गरेको रानाले बताइन । ‘चार पाँच जना विप्लवका कार्यकर्ता तथा नेताहरू आउने जाने गरिरहन्थे,’ रानाले भनिन् ‘तर, यसरी ठूलो संख्यामा गाउँमा छिरेको पहिलो पटक हो ।’

उनका पति ज्ञानेन्द्र राना वैदेशिक रोजगारको लागि साउदी गएका छन् । घरमा आमा शोभा र छोरा बस्दै आएका छन् ।
उनीहरु पाहुनाको रुपमा बास दिनुहोस भनेपछि उक्त दिन आफु र छोरा देवर गोपाल रानाको घरमा बास बस्न गएको शोभाले बताइन ।

भिमबहादुर नेपालीको घरमा बैठक
विप्लव समुहका नेताहरुसहितको बैठक २९ गते राति भिमबहादुर नेपालीको घरमा बसेको थियो । त्यो दिन नेपाली घरमा थिएनन् । नेपाली २७ गते विहानै दाङको तुलसीपुरमा पायल्सको उपचारको लागि गएका थिए । घरमा कोही नभएको मौका छोपी विप्लवका दाजु सहितको बैठक २९ गते राति १० बजेतिर खाना खाएर त्यही घरमा बैठक बसेको थियो ।

नेपालीले गाउँमा सिलाई कटाईको काम गर्छन । तत्कालिन माओवादी युद्धको समयमा पनि मगराइना गाउँमा माओवादीका उच्च तहका नेताहरु आउने जाने क्रम चलि नै रहन्थ्यो । नेपाल– भारत सीमाना नाका भएको हुँदापनि उनीहरुको यो ठाउँ भएर बाक्लै आवात जावात हुन्थ्यो । स्थानीय भिउसन वलीका अनुसार यसअघि पनि धेरै पटक यो गाउँमा केही संख्यामा विप्लव नेतृत्वको नेकका नेता कार्यकर्ता आवजाउ भइ नै रहन्थ्यो । पूर्वमा करङ्गाखोला गाउँ र पश्चिमा महतिनिया खोला गाउँको बीचमा अवस्थित मुङग्रेठाखोला गाउँदेखि माथिको मगराईना गाउँमा जम्मा ७ घर मात्रै छन् ।

गाउँमा त्रासदी
विप्लवका दाजुसहित २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेपछि मगराइना गाउँबासीमा त्रासदी छाएको छ । ७ घरधुरी संख्या रहेको मगराइना गाउँमा अहिले मानिसहरु नयाँ मान्छे आउँदा बोल्न समेत डराउने अवस्था छ । स्थानीयहरु बोल्न पनि मान्दैनन् । मान्छे पुग्दा ढोका लगाउने गर्छन । प्रत्येक घरमा ढोका लगाउने गर्छन । विप्लवका मान्छे हुन आएकी प्रहरी आए भन्ने त्रासदी गाउँमा फैलिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *