दाङ, कात्तिक २ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढा निवासी ४७ बर्षीय टिकाराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो । खेतावारीमा सिंचाईका लागि ईनारवाट मोटरलगाई पानी तान्ने क्रममा उनलाई शनिवार विहान १० बजेतिर करेन्ट लागेको थियो ।
गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइएका भण्डारीको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालयतुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार