२०८२ असार २४ गते बुधवार

घोराहीवाट ७ जुवाडे पक्राउ


दाङ,कात्तिक २ । दाङको घोराहीवाट सात जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्क नजिकै भक्त भण्डारीको घरबाट ७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ बर्षीय मेघराज पौडेल, घोराही १६ का ३० बर्षीय शिव केसी, घोराही १२ का २० बर्षीय रविन थापा, घोराही १५ निवासी २७ बर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४३ बर्षीय भक्त केसी रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा शुक्रवार बेलुका पौने ११ बजेतिर पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख १३ हजार ५ सय नगद, ७ गड्डी तास मध्य ३ गड्डी खेलको र बाँकी ४ गड्डी नयाँ ताससहित बरामद गरिएको डिएसपी शाहले बताए ।

पक्राउ परेका सबैका विरुद्ध जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरि कारवाही अगाडि बढाउने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *