२०८२ असार २७ गते शनिवार

बाँकेमा प्रहरी नायव निरीक्षक बलात्कार अभियोगमा पक्राउ


दाङ,असोज ३० । बाँकेमा कार्यरत एकजना प्रहरी नायव निरीक्षक बालात्कार अभियोगमा पक्राउ परेका छन् । नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर रानामाथि एकजना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग लागेपछि पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिवबहादुर सिंहले पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायव निरीक्षक रानालाई पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका प्रहरी नायव निरीक्षक राना र पीडित युवती नाताले साली भेना हुन । उनले होटेलमा खाजा खान भनि लगेर जवरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन् ।

असोज २६ गते आफुमाथि बलात्कार भएको बेहोरासहितको जाहेरी दिएपछि सोही दिन नै प्रहरी नायव निरीक्षक रानालाई पक्राउ गरेर हिरासतमा राखिएको डिएसपी सिंहले बताए । असोज २७ गते जिल्ला प्रशासनवाट सात दिनको म्याद थप गरि घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *