२०८२ असार ३१ गते बुधवार

आफैले आफूलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेखेपछि एक युवाले गरे आत्महत्या

दाङ,असोज २९ । दाङमा एक युवाले आफ्नो सामाजिक सञ्जालमा आफैले आफुलाई नै हार्दिक श्रद्धाञ्जली लेखेको केही बेरमै आत्महत्या गरेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी २२ बर्षीय लक्ष्मिप्रशाद देवकोटाले आफ्नो फेसबुकवालमा आफै आफ्नो तस्विर अपलोड गरि हार्दिक श्रद्धाञ्जली लेखेको केही बेरमै आत्महत्या गरेका हुन ।

देवकोटाले पहिलो पटक मंगलवार दिउँसो १ बजेर १५ मिनेटमा पहिलो पटक आफ्नो फेसबुकको वालमा आफ्नो तस्विर सार्वजनिक गर्दै आफैले आफुलाई हार्दिक श्रद्धाञ्जली लेखे । त्यसको करिव १ मिनेटको अन्तरालमा १ ः १६ बजे थप २ वटा तस्विरहरु राख्दै फेरि हार्दिक श्रद्धाञ्जली लेखे । लगतै उनले मोवाईल स्विचअफ गरिदिए ।

त्यो देखेका उनका घर परिवारका सदस्य, आफन्त, साथीभाइ तथा शुभचिन्तक चिन्तित बने । तत्कालै खोजी गर्न दौडिए । मृतक देवकोटाका बुवालगाएतका आफन्त ईलाका प्रहरी कार्यालयमा पुगेर अवस्था बताए । प्रहरीपनि देवकोटाको खोजीमा निस्कियो । तर कहाँ खोज्ने ? प्रहरीलाई पनि सकस भयो ।

संभावित स्थानहरुमा प्रहरी र आफन्तले संयुक्त रुपमा खोजी गरे । तर फेला पार्न सकेनन्। ईप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगी विदाबाट सवा ३ बजेतिर कार्यालय आइपुगे । लगतै पाखुखोलास्थित गोलौराको सामुदायिक वनमा एक युवाले झुण्डिएर आत्महत्या गरेको सूचना प्रहरीले प्राप्त गर्यो । प्रहरी त्यहाँ पुग्दा त्यहाँ उनै देवकोटा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे ।

मृतकको शव पोष्ट मार्टमका लागि बुधवार यो खवर तयार पार्दासम्म राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ । मृतकका बुवाले बुधवार आएर जाहेरी दिने र शव बुझ्ने मंगलवार नै प्रहरीलाई बताएका थिए । ईप्रका तुलसीपुरले देवकोटासंगै अघिल्लो दिन राति सुतेका एक युवालाई सोधपुछको लागि पक्राउ गरेको भएपनि मंगलवार बेलुका नै छोडि सकेको छ ।

मानसिक समस्याका कारण कुनैपनि व्यक्तिले आत्महत्या गरेको पाइन्छ,। ‘आत्महत्या आफैमा एउटा अपराध हो,’ डिएसपी योगीले भने ‘त्यसमा पनि सामाजिक सञ्जालमा लेखेर आत्महत्या गर्ने प्रवृति झनै नराम्रो हो।’ डिएसपी योगीका अनुसार देवकोटाले आत्महत्या गर्नु भन्दा पहिले सम्म सोही दिन मोटरसाईकल किन्छु भन्ने गरेका रहेछन् ।

तर घरमा अभिभावकसंग कुरा गर्दा मोटरसाईकल किन्ने संभावना देखिएन । त्यही कारण उनले आत्महत्या गरेको हुन सक्ने संभावना देखिएको डिएसपी योगीले बताए । देवकोटाको साथमा फेला परेको मोवाईलमा लक रहेका कारण प्रहरीले त्यो खोल्न सकेको छैन । त्यो मोवाईल सम्वन्धि जानकार मेकानिक वा केन्द्रीय प्रहरी कार्यालयमा पठाउने कि भन्ने ढंगले कुरा भइरहेको प्रहरीले बताएको छ ।

मोवाई भित्र कुनै म्यासेज वा त्यस्तो केही कुरा छ कि भनेर खोजी हुने डिएसपी योगीले जानकारी दिए । मृतकले तुलसीपुरमा कम्यूटर इनिष्टिच्यूट संचाल गर्दै आएका थिए ।

 

 

 

प्रकाशित मिति : २०७६ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *