शरद रेग्मी
दाङ, असोज २९
तुलसीपुरका उद्योगपति एवं सफल ब्यवसायी बिमल रिजालले मंगलबार विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघमा आफुले उम्मेदवारी दिने तयारीमा रहेको घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकालसहित दर्जनौं जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एव प्रतिनिधिहरुका बीचमा रिजालले यस क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
रोल्पा उद्योग वाणिज्य संघको साधारणसभामा सहभागी हुन पुगेका रिजालले अधिकांश जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँगको समन्वय र विशेष छलफलपछि उनले कार्तिक १९ गतेको विशेष साधारणसभा पछि लगत्तै हुने महाधिवेशनमा आफू ब्यवसायीहरुका बीचमा स्वच्छ प्रतिस्पर्धा भएमा मात्र भिड्न तयार रहेको समेत उनले बताए ।
तत्कालीन समयमा अध्यक्ष रिजालले तुलसीपुरमा तत्कालीन पूर्व मुख्यसचिव लिलामणि पौडेलसहित सामाजिक अभियान्ताहरुलाई दाङ ल्याएर ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको सुरु गरेका थिए । यो अभियानले निरन्तरता पाउँदै १६४औं हप्तामा प्रवेश गरेको छ ।
सम्बोधनका क्रममा रिजालले भने ‘म ब्यवसायिक हकहित र विकासमा अहिले पनि बिगत एक दशकभन्दा बढी समयदेखि लागिपरेको छु महासंघको भूमिकामा रहेर अझ देशभरिका ब्यबसायी मित्रहरुका बीचमा सेवा गर्ने सोच बनाएको छु मलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने बिश्वास लागिरहेको छ ।’
ब्यवसायीहरु बीच निकै लोकप्रिय रहेका रिजाल २०५८ सालदेखि तुलसीपुर उद्योग वाणिज्य संघमा कार्यसमितिको सदस्यमा अत्यधिक मत ल्याएर विजयी भएका रिजाल दोस्रो पटक पनि सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि निरन्तर ब्यवसायीहरुका माझमा रहेर सेवा गरिरहेका रिजालले अध्यक्ष हिमाल बस्नेतको नेतृत्वमा वाणिज्य संघको महासचिव पदमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए ।
संस्थाप्रतिको जिम्मेवारी सक्रियता र सबैको साझा ब्यक्तित्वका रुपमा स्थापित हुन सफल उद्योगपति रिजाल तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भारि मत ल्याएर निर्वाचित हुन सफल भएका थिए । रिजाल अध्यक्ष रहदा स्थानीय निकायको भूमिकामा समेत तुलसीपुर उद्योग वाणिज्य संघले महत्वपूर्ण विकास निर्माणका काम र जनप्रतिनिधिको समेत भूमिकामा आम नागरिकहरुले अपेक्षा गरेअनुसार काम गर्न सफल भएका थिए ।
सबै राजनीतिक पार्टी र आम ब्यवसायीहरुसँग समन्वयात्मक भूमिका खेल्न सक्ने ब्यवसायी रिजालको महासंघको यात्रा पनि सफल हुने निजी क्षेत्रका ब्यवसायीहरुले बताउँछन् ।
तत्कालीन समयमा अध्यक्ष रिजालले तुलसीपुरमा तत्कालीन पूर्व मुख्यसचिव लिलामणि पौडेलसहित सामाजिक अभियान्ताहरुलाई दाङ ल्याएर ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको सुरु गरेका थिए । यो अभियानले निरन्तरता पाउँदै १६४औं हप्तामा प्रवेश गरेको छ । वाणिज्य संघको निवर्तमान अध्यक्ष रिजालको पहलमा तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सरसफाई अभियान र प्राङ्गणमा रोट्रयाक्ट क्लवको सहभागितामा ग्रीन पार्कको निर्माण गरिएको थियोे ।
यतिमात्र हैन रिजाल तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा लामो समयदेखि बन्द रहेको दाङको टरिगाउँ विमानस्थल उनकै पहलमा सुचारु भएको थियोे । जसबाट यसक्षेत्रका नागरिकको हवाई यात्रा गर्ने चाहनासमेत पूरा भएको थियो । सबै राजनीतिक पार्टी र आम ब्यवसायीहरुसँग समन्वयात्मक भूमिका खेल्न सक्ने ब्यवसायी रिजालको महासंघको यात्रा पनि सफल हुने निजी क्षेत्रका ब्यवसायीहरुले बताउँछन् ।
Great
Dear Bimal go ahead always I’m with you whichever whenever wherever forevermore,I think you are a better candidate of National level FNCCI
अग्रिम बधाई छ बिमल दाइ लाई