दाङ,असोज २७ । के तपाँई आँखामा पट्टी बाँधेर कुनै अक्षर पढ्न सक्नु हुन्छ ? विभिन्न नोटहरु चिन्न सक्नु हुन्छ ? सायद यो संभव कुरा हो भनी झ्वाट्ट पत्याउन सकिन्न । तर तुलसीपुरमा एक जना यस्तै अदभूत क्षमता भएकी बालिका छिन् । जस्ले आँखामा पट्टी बाँधेरै त्यो सबै सहजै र फटाफट भन्न सक्ने क्षमता राख्दछिन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी दश बर्षीया एञ्जिला घिमिरेमा यस्तै अदभूत क्षमता छ ।
जस्ले दुबै आँखामा टमक्कै छोपेर कपडाले बाँधेपनि सुँघेर वा छामेर मज्जाले नोटहरु चिन्न सक्छिन् । ती नोटहरुमा लेखेका अंकपनि सहजै छामेर वा सुँघेर पढ्न सक्छिन् । कुनैपनि बस्तुको रङपनि सहजै भन्न सक्छिन् । तपाँई मध्य जस्ले जे लेखेर दिएपनि त्यो पढ्न सक्छिन् । आँखा बाँधेपनि तपाँईले केही नवोरेर आँफुखुसी गरेको हाउभाउ पनि दुरुस्तै भन्न सक्छिन् ।
तुलसीपुरस्थित लिटिर हेभवन बोर्डिङ स्कूलमा कक्षा ४ मा अध्यनरत एञ्जिलाले गतसालदेखि आँफुले अभ्यास गर्दागर्दै यो सबै क्षमताको विकाश भएको फरककोणलाई जानकारी दिइन । एञ्जिला तुलसीपुर नगरजेसिजका अध्यक्ष मेघराज घिमिरेको छोरी हुन । एञ्जिलाको घरमा पुग्ने आफन्तहरुले समेत एञ्जिलाको अदभूत क्षमता देखेर उनको प्रसंशक भएका छन् । कतिले आफन्तले एञ्जिलालाई नोट चिनाउँदै त्यो नोट उनैलाई उपहार दिने गरेको प्रतिक्रिया समेत दिएका छन् ।