दाङ,असोज २७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २१ बर्षीय विष्णु बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।आइतवार राति तुलसीपुरको बसपार्क क्षेत्रवाट बुढाथोकी पक्राउ परेका हुन ।
लुकिछिपी बसेको अवस्थामा फेला परेका बुढाथोकीको साथवाट १ ग्राम ३४० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको जिल्लाप्रहरी कार्यालय दाङका प्रहरी पबक्ता विनोद विक्रम शाहले जानकारी दिए । उनी आजभन्दा दश महिना पहिले प्रहरीको चल्ती गाडिवाटहाम फालेर भागेका थिए ।
थुनुवा बुढाथोकी कार्तिक २५ गते चल्ती गाडिबाट हाम फालेर फरार भएका थिए । सामान्ने कुटपिटको अभियोगमा सार्वजनिकनैतिकता विरुद्धको कसुरमा म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय घोराहीवाट ईलाका प्रहरी कार्यालय तुलसीपुर तर्फ ल्याउँदैगर्दा बेलुका ५ बजेतिर बुढाथोकी ईप्रका नजिकै राप्ती प्रादेशिक अस्पताल भन्दा केही उत्तर तर्फवाट हाम फालेर भागेका थिए । त्यो दुरीईप्रकादेखि झन्डै ५० मिटर मात्रै टाढा छ ।
घटनापछि १ जना निलम्बित १२ जनालाई विभागिय कारवाही
प्रहरीकै बीचवाट थुनुवा भागेपछि संगै गाडीमा लिएर आउँदै गरेका ईप्रका तुलसीपुरमा कार्यरत सल्यान जिल्ला निवासी एकजना प्रहरीजवान बुढाथोकीलाई निलम्वन गरिएको छ ।
उक्त घटनापछि ईप्रका तुलसीपुरका मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक सुनिश शाह,प्रहरी नयाव निरीक्षक प्रमोद भण्डारी, प्रहरी नायवनिरीक्षक विश्वजित गौतम लगाएत थप १२ जना प्रहरीलाई विभागिय कारवाही भएको थियो । निलम्वनका परेका प्रहरी जवानबुढाथोकीको मुद्दा अझैं अदालतमा विचाराधिन नै रहेको छ ।
थुनुवा बुढाथोकी ११ जना प्रहरी रहेको गाडीको सीसाको एंगलको नट बोल्ट निकालेर हामफालेर भागेपछि अन्तिम सिटमा संगै बसेकाप्रहरी जवान बुढाथोकीको मिलेमतोको आशंका व्यक्त गर्दै उनलाई निलम्बित गरिएको थियो । त्यो दिन कमाण्डर नै नतोकेर ईलाकाप्रहरी कार्यालय तुलसीपुरले झन्डै दुई दर्जन बढी थुनुवालाई जिल्ला प्रशासन कार्यालय घोराहीमा म्याद थपको निम्ति पठाएको थियो ।
थुनुवा बुढाथोकी फरार भएपछि अभियोगमा विभागिय कारवाहीमा भोगेका ईप्रका तुलसीपुरका मुद्दा शाखाका प्रहरी सहायक निरीक्षकसुनिल शाह भने उक्त दिन विदामा थिए । घरवाट कार्यालय फर्कदै गर्दा कार्यालयवाट फोन आएपछि उनी जिल्ला प्रशासन पुगेका थिए ।त्यसपछि उनी निजी मोटरसाईकलमा तुलसीपुर फर्केको भएपनि आफुमाथि अन्याय पूर्वक कारवाही भएको उनले दाबी गरे ।