
तुलसीपुर, २६ असोज ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सम्भावित घटनालाई मध्यनजर गर्दै पर्वहरूमा सुरक्षा सतर्कता बढाएको बताएका छन् । उनले जिल्लाका चाडपर्वको समयमा विभिन्न अपराधिक गतिविधि हुनसक्ने भन्दै सुरक्षा योजना सञ्चालन गरेका कारण पनि दसैँ शान्तमय भएको बताए । रिपोर्टर्स क्लव दाङको आयोजनामा भएको दसैँ मिलन तथा चियापान कार्यक्रममा प्रजिअ रिजालले बिगतका वर्षजस्तो यसवर्ष जिल्लामा अपराधिक घटनामा कमि आएको बताए ।
‘दसैँमा जुवातासका घटना छिटफुट भएपनि अन्य अपराधिक घटना हुन पाएन’ उनले भने ‘अब तिहार पनि शान्तमय हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले आउँदै गरेका चाडपर्वहरूमा पनि जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफूहरू लागिपरेको दाबी गरे ।
उनले तिहारमा पनि जुवातास खेल्ने कार्य बढी हुने भन्दै त्यसलाई रोक्न लागिपरेको बताउँदै रिजालले जुवातास नियन्त्रणका लागि सहयोग पु¥याउन आम नागरिकलाई अनुरोधसमेत गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले आम नागरिकको सहयोगले नै दसैँ शान्तिपूर्ण रहेको बताए ।
‘हामीले बनाएको चाडपर्व लक्षित सुरक्षा योजनामा सम्पूर्ण नागरिकले साथ दिनुभएको छ’ उनले भने ‘शान्ति सुरक्षा काम गर्न सहयोग पु¥याएको भन्दै सम्पूर्ण जिल्लाबासीहरूलाई धन्यवाद पनि छ, आगामी दिनमा पनि सहयोग पु¥याउन अनुरोध गर्दछु ।’
कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमाल, तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत, पूर्व अध्यक्ष चिरञ्जीवि रिजाल, सम्राट सिमेन्ट उद्योगका डाइरेक्टर करण शर्मा, लायन्स क्लव अफ दाङका अध्यक्ष यज्ञबहादुर केसी, क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानका अभियान्ता विमल रिजाल, रेडियो सञ्जिवनी सञ्चालक समितिका उपाध्यक्ष कुशल तर्ताल, पत्रकार दुर्गालाल केसीलगायतले चाडपर्वले आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध स्थापित गर्ने बताए ।
रिपोर्टर्स क्लव दाङका सल्लाहकार नारायणी रजौरेको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण क्वलका महासचिव बिमल गौतमले गरेका थिए ।