२०८२ असार २७ गते शनिवार

प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ


दाङ, २६ असोज ।
दाङ प्रहरीले प्रतिबन्धित ट्रमाडोल ट्याब्लेटसहित पाँचजनालाई पक्राउ गरेकोे छ । उनीहरूलाई दाङ प्रहरीले शनिबार घोराहीबाट पक्राउ गरेको हो ।

उनीहरूले भारतको रूपैडिहाबाट ल्याएको तीन हजार नौँ सय ७० पिस ट्रमाडोल ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी बिनोदविक्रम शाहले जानकारी दिए ।

ट्याब्लेटसहित घोराही उपमहानगरपालिका–१५ का कपिल केसी, प्रविण विश्वकर्मा, घोराही–१४ का लिजन बिसी, सरोज केसी र भिमबहादुर बुढा मगरलाई पक्राउ गरेको प्रबक्ता शाहले बताए ।

पक्राउ परेका पाँचजनाका बिरूद्ध लागूऔषध ओसारपोसारबिरूद्ध मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *