तुलसीपुर,२४/ दाङमा बिद्युत सर्ट हुँदा एक पसलमा आगलागी भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुर स्थित प्रकाश खडकाको घरमा रहेको रिफेस जनरल स्टोरमा शुक्रबार बिहान १ बजे आगलागी भएको हो ।
बिजुलीको तार सर्ट हुन गई आगलागी हुदा पसल भित्र रहेका रिचार्ज कार्ड १२ हजार,नगद २५ हजार,जुत्ता,चप्पल,फोटोकपि मेसिन,दाल र चामल गरी करिब ५ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आगो स्थानिय बासी र प्रहरीको सहयोगमा आगो बिहान १ः२० बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार