२०८१ असोज २९ गते मङ्गलवार

सर्प दंशवाट एकको मृत्यु


दाङ,असोज २४ । दाङमा सर्पदंशबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १० झारवैरा निवासी ३५ बर्षीय बुद्धिराम चौधरीको सर्प दंशवाट मृत्यु भएको छ । विहीवार दिउँसो धान खेतमा मसोरो छर्ने क्रममा चौधरीलाई डुमेनी सर्पले डसेको थियो । चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

त्यस्तै जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारे निवासी ६० बर्षीय रामबहादुर राउत सर्पदंश वाट विरामी भएपछि उपचार गराइरहेका छन् । आफ्नै घरको बरण्डामा बसिरहेको समयमा विहीवार दिउँसो ४ बजेतिर नाम नखुलेको बिषालु सर्पले राउत डसेको थियो । सर्पदंशवाट गम्भीर विरामी परेका राउतको राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज नरसिंह होममा रेफर गरि उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनको स्वास्थ्यमा सुधार आइरहेको पनि प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *