दाङ,असोज २४ । सल्यान जिल्लामा विप्लवका एक जिल्ला सदस्य पेस्तोलसहित पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य ५६ बर्षीय कालिराम बादी एकथान नलकटुवा पेस्तोलसहित पक्राउ परेका छन् । बनगाँड कुपिन्डे नगरपालिका वडा नं. ५ निवासी बादी उक्त नगरपालिकाको ईञ्चार्ज समेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
बनगाँड कुपिन्डे नगरपालिका वडा नं. ४ चिउरास्थित कालिबादुर विकको घरमा मदिरा सेवन गरिरहेको अवस्थामा बादीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतवाट खटिएको प्रहरी नायव निरीक्षक नारायण शर्मा र स्थानीय प्रहरीको पक्राउ बुधवार बेलुका साढे ९ बजेतिर पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका बादीमाथि आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार