Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


१३ बर्षीय बालकको विषादी सेवनबाट मृत्यु



दाङ,असोज २२ । दाङको तुलसीपुरमा १३ बर्षीय एक बालकको विषादी सेवनका कारण मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर निवासी पवन सुवेदीको बुधवार विषादी सेवन बाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दिउँसो घरमा एक्लै हुँदा सुवेदीले तरकारीमा हाल्ने विषादी सेवन गरेका थिए । पवनलाई तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा अमेलिया नजिकै मृत्यु भएको प्रहरीले बताएको छ । पवन हजुर बुवा र हजुर आमासंग बस्दै आएका थिए । उनकी आमा भने यसअघि नै अर्कै व्यक्ति संग विवाह गरि गएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal