२०७७ असोज १२ गते सोमवार

भिरवाट लडेर तुलसीपुरका एक युवाको मृत्यु

मृतक : पोषण भण्डारी

दाङ,असोज २२ । दाङ तुलसीपुरका एक युवाको प्यूठानमा भिरवाट लडेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना निवासी २४ बर्षीय पोषण भण्डारीको भिरवाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको असोज १६ गते राति साढे १ बजेतिर शर्मारानी गाउँपालिकाको चकचके भन्ने ठाउँभन्दा आधा किलिमिटर माथि भिरवाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

ल्याव टेक्निसियन भण्डारी नारायणघाटमा जागिर बाट दशैं मनाउन भनि घर तर्फ फर्किदै गर्दा स्वर्गद्धारीको दर्शन गर्न भनि प्यूठान तिर लागेका थिए । कपिलबस्तु जिल्लाको शिवपुर निवासी २४ बर्षीय विशाल खनालसंगै भण्डारी प्यूठान गएका थिए । खनाल काठमान्डौंबाट तीन दिन पहिले आएर नारायणघाटमा तीन दिन भण्डारीसंगै बसेर संगै स्वर्गद्धारीको दर्शनका लागि गएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

भण्डारीको शव मंगलवार बेलुका मात्रै एक माझिले नदीमा फेला पारेका थिए । उनीहरु असोज १६ गते राति साढे ११ बजेसम्म प्यूठानको चकचके स्थित एक होटेल बाट निस्किएर गएको र त्यही क्रममा भण्डारीेले सौच गर्न भनि निस्किएको समयमा भिरवाट नदीमा खसेको उनका साथमा रहेका खनालले प्रहरी समक्ष वयान गरेका छन् । कपिलबस्तुका खनाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बुधवार भण्डारीको शवको पोष्टमार्टम पछि बुधवार नै परिवारले अन्तिम संस्कार गरेको भण्डारीका छिमेकी तथा नेकपाका नेता मेघराज भुसालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *