Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


दशैंको दिन दाङमा विभिन्न दुर्घटनामा परि १७ जना घाइते


दाङ, असोज २२ । दाङमा दशैैंको दिन भएका विभिन्न दुर्घटनामा परि १७ जना घाईते भएका छन् । दुर्घटनाका घाईते मध्य सात जनाको गम्भीर अवस्थाका घाइतेहरुको उपचार बाँके, बुटवल र काठमान्डौंका विभिन्न अस्पतलाहरुमा भइरहेको छ । दशैंको दिन बढी दुर्घटना पूर्व पश्चिम राजमार्गमा भएको छ । दुर्घटनाको प्रमुख कारण भने तीव्र गति र ओभरट्याक गर्ने क्रममा भएको पाइएको छ ।

दुई अटो आपसमा ठोक्किदा एक बालक गम्भीर घाइते
तुलसीपुरमा दुई अटो एक आपसमा ठोक्किदा एक बालक गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके भन्ने स्थानमा रा १ ह २२४६ नम्वरको अटो रिक्सा र रा १ ह २२९३ नम्वरको अटो एक आपसामा ठोक्किदा स्थानीय ९ बर्षीय सुरज लंक मगर गम्भीर घाईते भएका छन् ।

मगरको तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । मगर रा १ ह २२४६ नम्वरको अटोमा सवार थिए । दुर्घटना मंगलवार बेलुका सवा ४ बजेतिर भएको प्रहरीले जानकारी दिएको छ ।

भारतीय नम्वर प्लेटको कारले ठक्करबाट एक महिला गम्भीर घाईते
भारतीय नम्वर प्लेटको कारले पैदल यात्रुलाई ठक्कर दिदा मंगलवार दिउँसो दाङमा एक महिला गम्भीर घाइते भएकी छन् । यूपी ४७ क्यू ८५९७ नम्वरको कारले राप्ती गाउँपालिका वडा नं. ५ जंग्रहवामा स्थानीय ३० बर्षीया कमर जहामियालाई ठक्कर दिदा गम्भीर घाइते भएकी छन् । घाइतेको लमही अस्पतालमा उपचार पछि मंगलवार नै थप उपचारको लागि काठमान्डौं रेफर गरिएको प्रहरीले बताएको छ ।

कार र मोटरसाईकल आपसमा ठोक्किदा २ जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको राप्ती गाउँपालिका वडा नं. ८ विजौरीमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको बा ११ च २८११ नम्वरको कारले पश्चिम वाट पूर्वतर्फ जाँदै गरेको लु २२ प २९६० नम्वरको मोटरसाईकललाई मंगलवार बेलुका साढे ६ बजेतिर ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् । कार चालकपनि घाइते भएका छन् ।

मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नं. १ कटेसना निवासी २८ बर्षीय बाबुराम कुमाललाई स्थानीय अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बुटवल रेफर गरिएको छ । कारका चालक राप्ती गाउँपालिका वडा नं. ३ निवासी ३४ बर्षीय लक्ष्मण चौधरीको भने लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुई मोटरसाईकल आपसमा ठोक्किदा ३ जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ७ बनघुस्रीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना गम्भीर घाइते भएका छन् ।घाईतेहरु मध्य रा ५ प ४५०४ नम्वरको मोटरसाईकलका चालक लमही नगरपालिका वडा नं. १ सुनडवरी निवासी २७ बर्षीय महेशबहादुर क्षेत्री गम्भीर घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार पछि थप उपचार गर्न बाँकेको नेपालगञ्जस्थित नरसिंह होममा पठाइएको छ ।

त्यस्तै रा ५ प ४५६८ नम्वरको मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा निवासी ३४ बर्षीय गुरीलाल चौधरी र मोटरसाईकलको पछाडि सवार लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी ३४ बर्षीय कृष्ण चौधरी घाईते भएका छन् । उनीहरुको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ ।

मंगलवार बेलुका साढे ४ बजेतिर पूर्व बाट पश्चिम तर्फ आउँदै गरेको रा ५ प ४५०४ नम्वरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा रा ५ प ४५६८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा भएको दुर्घटनामा परि तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

ट्रयाक्टर दुर्घटनामा परि १० जना घाइते
पूजा पछि दुर्गा मुर्ती राप्ती नदीमा विर्सजन गरि फर्कने क्रममा भएको ट्रयाक्टर दुर्घटनामा परि दश जना घाइते भएका छन् । जिल्लाको गढवा गाउँपालिका वडा नं. ५ बोधिपुरस्थित लमही–गढवा सडक खण्डमा रा १ त ३२११ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार दश जना घाइते भएका छन् ।

दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. ६ निवासी ५५ बर्षीया अनारकली यादव, ३५ बर्षीया टिकाराम यादव, १४ बर्षीया युवराज यादव, २५ बर्षीय राकेश यादव गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

मंगलवार बेलुका ८ बजेतिर भएको उक्त दुर्घटनाका अन्य घाइतेहरुमा गढवा गाउँपालिका वडा नं. ६ निवासी ८ बर्षीया अनुसा यादव, ११ बर्षीय प्रमेश यादव, १८ बर्षी रविन्द्रकुमार यादव, ७ बर्षीय जपसन यादव, १५ बर्षीय महेश यादव र ११ बर्षीया अप्सन यादव घाइते भएका छन् । घाइते मध्य अनुसा, प्रमेश र अप्सनाको अवस्था मध्यम खालको रहेको तथा अन्यको अवस्था सामान्ने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

ट्रयाक्टरका चालक दुर्घटना लगतै फरार रहेको तथा उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्लालय गढवाले अरु ट्रयाक्टरलाई ओभर ट्याक् गर्ने क्रममा ट्रयाक्टर दुर्घटना परेको जानकारी दिएको छ । दुर्गाको मुर्ती र पूजा सामाग्री राप्ती नदीमा सेलाउन लक्सरै ४÷५ वटा ट्रयाक्टर गएको र फर्कने क्रममा रा १ त ३२११ नम्वरको ट्रयाक्टरले अन्य ट्रयाक्टरलाई ओभरट्याक गर्ने क्रममा सडकको व्लकमा परेपछि ट्रली मात्रै पल्टिदा उक्त दुर्घटना भएको ईप्रका गढवाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal