Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


दृष्टि बिहीन रुपा गन्दर्भको परिवारलाई व्यवसायीहरुको सहयोग



शरद रेग्मी,
दाङ,असोज १८ । दृष्टिविहीन रुपा गन्दर्भका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। रुकुमको सानो भेरी गाउँपालिका घिर भई हाल तुलसीपुरमा बस्दै आएको गन्दर्भ परिवारलाई वडा दशैंको पूर्व सन्ध्यानमा सहयोगी मनहरुले आर्थिक संकलन गरेर खाद्यान्न सहयोग गरेका हुन । गन्दर्भका तीन छोरी र एक छोरा मध्य सबै दृष्टि विहीन छन् । विगत आठ वर्षदेखि गन्दर्भको परिवार तुलसीपुरमा बस्दै आएको छ ।

तुलसीपुर उधोग बाणिज्य संघका बाणिज्य अध्यक्ष बिरु रावतले खाने तेल,पूर्व अध्यक्ष बिमल रिजाले खाध्यान्न ,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले र लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसीले नगद सहयोग प्रदान गरे ।

त्यस्तै ब्यबसायिहरु हेमन्त डाँगी,प्रकाश भट्ट ,दिपक रेग्मी,बिरेन्द्र केसी,मिनराज भण्डारीले पनि सहयोग प्रदान गरेका छन् । रिपोटर्स क्लवको समन्वयमा विगतमा पनि गन्दर्भ परिवारलाई यस्तो सहयोग हुँदै आएको क्लवका महासचिव विमल गौतमले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal