२०८१ असोज २९ गते मङ्गलवार

सहचालकले चलाएको बस दुर्घटनामा पर्यो ,११ जना घाइते


दाङ,असोज १८ । सहचालकले चलाएको बस ट्रकसंग ठोक्किदा दाङमा ११ जना घाईते भएका छन् । धनगडीवाट काठमान्डौं तर्फ जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको बसले विपरित दिशावाट आउँदै गरेको ना १ ख ४७९३ को ट्रकलाई शनिवार विहान २ : ४० बजेतिर पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा ठक्कर दिएको थियो ।

दुर्घटनामा परि ट्रकका चालक प्युठान जिल्लाको सुरमारानी गाउँपालिका वडा नं. ४ बड्डाँडा निवासी २७ बर्षीय विजय गाहा र ट्रकका चालकको दुबै खुट्टा फ्याक्चर भएका छन् । उनको शनिवार विहान ७ बजेपछि मात्रै उद्धार संभव भएको हो । दुर्घटना पछि गाडि भित्रै फसेका ट्रकका चालक गाहाको फलाम काटेर मात्रै उद्धार संभव भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । बसको लापरवाहीले उक्त दुर्घटना भएको सारुले बताए । बस रङ साईडमा गएर ट्रकसंग ठोक्किएको हुँदा बसको पुरै गल्ती देखिन आएको प्रहरी निरीक्षक सारुले बताए ।

‘हामीले बसका सहचालकलाई स्टेरीङबाटै घाइते अवस्थामा उद्धार गरेर उपचारको लागि बुटवल पठाएका हौं,’ प्रहरी निरीक्षक सारुले भने ।

बसका सहचालकलाई विहान ४ बजेतिर नै उद्धार गरेर उपचारका लागि पठाएको भएपनि ट्रकका चालकलाई उद्धार गर्न भने ५ घन्टा जति समय लागेको उनले बताए ।

‘ट्रकका चालकलाई फलाम काटेर निकाल्नु पर्ने भएको अवस्था रहेको हुँदा झन्डै ५ घन्टाजति समय लाग्यो, विहान ७ बजेतिर मात्रै उहाँको उद्धार संभव भयो,’ प्रहरी निरीक्षक सारुले भने । दबुै चालकलाई उद्धार गरेर उपचारको लागि बुटवल पठाइएको पनि उनले बताए ।

सरकारले लामो दुरीमा अनिवार्य रुपमा २ वटा चालक राख्न आग्रह गर्दै आएको छ । तर गाडिधनीहरुले भने दक्ष चालक राख्नुको सट्टा सहचालक बाटै काम चलाउन खोज्दा यस्ता दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउँछन् ।

उक्त दुर्घटनामा परि बसमा यात्रारत यात्रु कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. १० निवासी १९ वर्षीय प्रिति चौधरी र घोडाघोडी नगरपालिका वडा नं. १ निवासी १७ बर्षीया माया कुमारी उपाध्यायको स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।

दुर्घटनाका अन्य घाइतेहरु भने राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको तथा अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुले भने दुर्घटना भएको लामो समय सम्म उद्धारको लागि प्रहरी नआएको गुनासो गरेका छन् । झन्डै डेढ दुई घन्टापछि मात्रै प्रहरी घटनास्थल आएर उद्धार थालेको हुँदा घाइतेको अवस्था थप गम्भीर बन्न पुगेको एक जना स्थानीयले बताए ।

प्रकाशित मिति : २०७६ असोज १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *