दाङ, असोज १६ । नुहाउन भनि खोलामा गएका दुई किशोरीको विहीवार डुवेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. ९ निवासी १४ बर्षीया टीका घर्ती र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी १५ बर्षीया निरु बोहोराको नुहाउने क्रममा डुवेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. ९ स्थित सिमलसोता खोलामा नुहाउन भनि गएका उनीहरुको पौडी खेल्ने क्रममा डुब्न पुगेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहमा अनुसार बेलुका ५ : ४० बजेको समयमा उनीहरु खोलामा डुवेका थिए । स्थानीय र प्रहरीले उद्धार गरि दुबै किशोरीलाई लमहीस्थित अस्पतालमा पु¥याएपनि पौने ७ बजेतिर अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो । दुबै किशोरीको शव पोष्ट मार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०७६ असोज १६ गते बिहिवार