दाङ, असोज १४ । घोराहीमा मंगलवार एक युवकको शव फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित खोचमा एक युवक मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ । घोरदौरा चिउरी डाँडोको भिरदेखि झन्डै १०० मिटर तल खोचमा अन्दाजी २२÷२३ बर्षको एक युवाको शव बेलुका ६ बजेतिर फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकको शरिरमा कालो ज्याकेट, कालो ट्राक, हातमा कालो घडी र खुट्टामा कालो सेतो रंगको एडिडास कम्पनीको जुत्ता रहेको छ । शव पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
यो खवर तयार पार्दासम्म मृतकको सनाखद हुन सकेको छैन । घटनावारे अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।
घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हो वा भिरवाट लडेर ती युवाको मृत्यु भएको हो भन्ने खुट्याउन कठिन भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार