दाङ, असोज १४ । प्रहरीले एक यवालाई घोराहीवाट प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. ४ निवासी १८ बर्षीय सुनिल डिसी पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा डिसीलाई घोराही उपमहानगरपालिका वडा नं. १४ मिलन टोल चोकवाट पक्राउ गरिएको प्रहरीले बताएको छ । डिसीको साथबाट ६ वटा पुरियामा १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
पक्राउ परेका डिसी विरुद्ध लागु औषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्तागरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार