२०८१ असार ३१ गते आइतवार

शान्तिनगरस्थित एक घरमा आगलागी


दाङ, असोज १४ । शान्तिनगर गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा झन्डै ६ लाख बराबरको क्षति भएको छ । सोमवार बेलुका साढे ४ बजेतिर गाउँपालिकाको वडा नं. ६ किचनियामा स्थानीय कविता केसीको घरमा विद्युत सर्ट भई लागलागी भएको थियो ।

काठ र ईट्टाद्धारा निर्मित कच्ची घरमा लागेको आगो झन्डै ३ घन्टापछि मात्रै नियन्त्रणमा लिन संभव भएको प्रहरीले बताएको छ । आगलागी बाट डेढ तोला सुन, अन्नपात, लत्ताकपडा र नगद ४ लाख ५० हजार जति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *