२०८२ साउन १ गते बिहिवार

मापसे गर्नेलाई प्रहरीको सचेतना कक्षा

तस्बिर : राजेश खत्री

यमकला भुसाल,
तुलसीपुर, असोज १३ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने सवारी चालकलाई सचेतना कक्षा सुरु गरेको छ । बिषेश गरि ठुला चाडपर्व दशंै र तिहारलाई मध्येनजर गर्दे ईलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला ट्राफिक प्रहरी दाङले मादक पदार्थ सेवन गरि सवारी चलाउँदा पक्राउ परेकाहरुलाई सोमवार ईप्रकामा सचेतना कक्षा प्रदान गरिएको छ ।

ईप्रका प्रमुख डिएसपी हरिहरनाथ योगीले चाडपर्वको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने क्रममा पक्राउ परेकाहरुको सचेतनाको लागि कक्षा सञ्चालन गरिएको बताए । ‘हाम्रो उदेश्य दुर्घटना न्यूनिकरण गर्ने हो । पक्राउ परेकाहरुलाई हामी मापसे गरि सवारी चलाउँदा हुन सक्ने जोखिमका बारेमा प्रशिक्षण दिन्छौं,’ डिएसपी योगीले भने ।

त्यस्तै जिल्ला ट्राफिक प्रमुख प्रेम रेग्मीले चाडपर्वको समयमा मापसेका कारण समाजमा विभिन्न समस्याहरु देखिन सक्ने भन्दै सर्तक रहन आग्रह गरे । ‘मापसे गरेर सवारी हाँक्नु भनेको आँफैलाई जोखिममा पार्नु हो,’ रेग्मीले भने ‘ दुर्घटना हुँदा तपाँई नै अंगभंग हुने हो । ज्यान तपाँईकै जाने हो । प्रहरीलाई केही हुँदैन भन्ने सन्देश दिन खोजिएको छ।’सकभर मादक पदार्थ सेवन नगर्न र गरेको खण्डमा मापसे नगरेको चालकले मात्रै सवारी चलाउन उनले आग्रह गरेका छन् ।

सवारी चलाउँदा मादक पदार्थ सवेन गरेको पाइएमा त्यस्तो व्यक्तिलाई कानुन अनुसार कारवाही हुने उनले स्पष्ट पारे । ट्राफिक नियमको पालना सबैले अनिवार्य रुपमा गर्नुपर्ने,तीब्र गतिमा सावरी चलाउन नहुने जस्ता कुराहरु मापसे गरेर पक्राउ परेका २२ जनालाई संगै राखेर ईप्रका सचेतना कक्षा लिइएको थियो ।

प्रहरीका अनुसार उनीहरु सबैजना गएराति तुलसीपुर क्षेत्रवाट चेकजाँचका क्रममा पक्राउ परेका थिए । पक्राउ परेका सबै चालकलाई सचेतना कक्षा दिनुका साथै प्रतिव्यक्ति १ हजार रुपंैयाका दरले जरिवाना तिराइएको छ ।

प्रकाशित मिति : २०७६ असोज १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस
  1. Khim bahadur batha magar says:

    हाम्रो देश नेपालका मानिसहरू बुझेर पनि बुझ पचाउछन ।
    यसो यो गलत हो यसो गर्न हुँदैन भन्ने थाहा हुदा हुदै पनि त्यही काम गरेका हुन्छन ।
    सवारी चलाउदा सबै कागजात अनि सवारी अनुमति पत्र अनिवार्य हुनु पर्छ ।
    त्यसैगरि मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउन हुदैन दुर्घटना हुन गएमा हाम्रो लगाएत सवारी मा यात्रा गरिरहेका यात्रु को पनि ज्यान जान सक्ने भएको हुदा सके सम्म मादक पदार्थ सेवन नगरु र गरि सकेमा सवारीसाधन नचलाउ ।
    आफु पनि बचौ र अरुलाइ पनि बचाउ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *