असोज १२। आज देखि दशैँ सुरु भए संगै काठमाण्डाैबाट झण्डै दुई लाख यात्रु बाहिरिएका छन् । सोमबार भोलि देखि उपत्यका बाहिरिनेको संख्या अझै बढ्दै जानेछन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डाैसँग जोडिएका विभिन्न नाकाबाट आइतबारसम्म झण्डै दुई लाख यात्रु बाहिरिएका छन् ।
केही दिनदेखि जाम रहेको मुख्य नाका नागढुंगामा जाम हटेको छ ।
आइतबार बिहानदेखि यो नाका हुँदै बाहिरिने भित्रिने गाडीहरु सजिलै संग चलिरहेका छन् ।
आजदेखि १८ गतेसम्म काठमाण्डौबाट चितवनको नारायणघाटसम्म १० चक्के र त्यसभन्दा ठूला गाडी र लरीलाई प्रवेशमा रोक लगाइएकाले पनि जाम नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार