
वशन्त पौडेल,
दाङ, असोज ११ । दाङको तुलसीपुर क्षेत्रका ब्रोइलर पालक किसान आन्दोलित भएका छन् । कुखुराको मूल्य तत्काल बढाउन माग गर्दै शनिवार उनीहरुले् प्रदर्शन गरे । तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट सुरु भएको विरोध ¥यालीले बजार परिकर्मा गरि सभामा परिणत भएको हो । ¥यालीका सहभागिहरुले किसानको हकहित सुनिश्चित गर, तयारी कुखुराको मूल्य उचित दे, बिचौलिया होसियार लेखेको प्लेकार्ड बोकेका थिए ।
ब्रोइलर पालक किसान संगठन किसान सरोकार मञ्च दाङका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेलेमञ्चको अध्यक्षता एवं सल्लाकार गेमलाल न्यौपानको प्रमुख आतिथ्यतामा त्यसपछि सभा भएको थियो । त्यसलाई सम्वोधन गर्ने बक्ताहरुले दाना तथा चल्लाको मूल्य बढेपनि त्यो अनुसार उत्पादित कुुखुराको मुल्य नबढेको भन्दै तत्काल मुल्य बढाउन माग गरेका छन्।
तत्काल मूल्य समायोजन नभए खोर खाली गरेर आन्दोलन चर्काउने चेतावनी बक्ताहरुले दिएका छन् ।
जिल्लाका २ सय बढी किसानद्धारा हस्ताक्षरित विज्ञप्तिमा पनि उक्त त्यस्तो चेतावनी दिइएको छ । सप्लार्यसले दाना तथा कुखुराको मूल्य बढाएको तर त्यो अनुपातमा तयारी कुखुराको मूल्य नबढेको त्यसमा उल्लेख छ ।