२०८१ असोज २९ गते मङ्गलवार

ब्राउन सुगरसहित घोराहीबाट ७ जना पक्राउ


दाङ,असोज ९ । प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित सात जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनि २१ वर्षीय सुरेश घर्तिमगर, घोराही–१५ तल्लो रतनपुर ताराकुन्ज टोल निवासी १६ वर्षीय संगीत बस्नेत, घोराही–१६ लेटार निवासी २७ वर्षीय नरेन्द्र रसाईली, घोराही–१५ दिपशिखा मनाकामना टोल निवासी २३ वर्षीय बलदेव वली, घोराही–१२ हापुर निवासी १७ वर्षीय सरोज पुरी, घोराही–१२ रतनपुर मनकामना टोल निवासी १९ वर्षीय गौरव न्यौपाने र तुलसीपुर उपमहानगरपालिका–१० वनगाउँ घर भैई हाल जिल्ला प्रहरी कार्यालय रोड घोराहीमा डेरा गरि बस्ने २४ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

घोराही उपमहानगरपालिका वडा नं. १५ प्रकृती टोलस्थित सुरेश घर्तीमगरको घरमा अबैध लागुऔषध ब्राउन सुगरको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई मंगलवार बेलुका पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिको साथवाट ४ ग्राम ९० मिलीग्राम ब्राउन सुगरसहित,नगद ६१ हजार आठ सय पन्ध्र रुपैयाँ, बा ६० प ४९७० नम्बरको मोटरसाइकल, १३ थान मोवाइल र ब्राउन सुगर तौल गर्दा प्रयोग हुने मेसिनसमेत बरामद भएको जिल्ला प्रहरी प्रबक्ता शाहले जानकारी दिएका छन् ।

शाहका अनुसार पक्राउ परेकालाई जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न बुधवार आदेश दिएको छ ।
पक्राउ परेका सबैका विरुद्ध लागुऔषध नियन्त्रण ऐन वमोजिम मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रबक्ता शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *