दाङ,असोज ९ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ५ जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. –६ गाईडरमा जुवा भइरहेको गोप्य सूचनाको आधारमा छापा मार्दा ५ जुवाडेसहित ६१ हजार बढी रकम बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर ६ निवासी ५६ बर्षीय भिमसेन लहरे, सोही ठाउँ निवासी ३५ बर्षीय अमितदेब खड्का, तुलसीपुर वडा नं. ५ निवासी ५६ बर्षीय सिताराम योगी, सोही ठाउँ निवासी ५० बर्षीय निर्मल शर्मा आचार्य र बबई गाउँपालिका वडा नं. ६ निबासी ३५ बर्षीइ सुदिप भनिने सेजेन्द्र देवकाटा रहेको प्रहरीले ईप्रका तुलसीपुरले जानकारी दिएको छ ।
उनिहरुको साथबाट नगद ६१ हजार १ सय १० रुपैंया, खेलेको तास ३ थान, नखेलेको तास ६ थान समेत बरामद भएको प्रहरीले बताएको छ । बुधवार दिउँसो ३ बजेतिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबै माथि जुवा सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको प्रहरीले बताएको छ ।