२०८१ असोज २९ गते मङ्गलवार

नवदुर्गा भगवतीको मूर्ति स्थापना गर्न महायज्ञ हुने


तुलसीपुर, असोज ६ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ८ सुनवर्षा केवरेनीमा रहेको नवदुर्गा देवी मन्दिरमा श्री देवी भागवत पितृमोक्ष धनधान्याञ्चल नवाह विराट महायज्ञ हुने भएको छ । नवदुर्गा भगवतीको मूर्ति स्थापना र शिव मूर्तिसहित पुष्पवाटिका स्थापना गर्ने र पर्यटकीयस्थल निर्माणार्थ एवं पितृमोक्षको लागि असोज १२ गतेदेखि २० गतेसम्म महायज्ञको आयोजना गर्न लागिएको सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महायज्ञ आयोजक मूलसमिति संयोजक दिनानाथ भट्टराईले महायज्ञमा ५० लाख देखि १ करोडसम्म आर्थिक संकलन गर्ने लक्ष्य लिएको बताए । यस्तै प्रसारप्रसार संयोजक कुलप्रसाद खरेलले महायज्ञलाई सफल पार्न सबै आ–आफ्नो ठाउँबाट लाग्न अनुरोध गरे ।

महायज्ञको मुख्य कथावाचकमा १८ पुराणका सरस प्रवक्ता बालब्यास श्री नारायण न्यौपाने रहने आयोजकले बताएको छ । मूल समितिका अध्यक्ष खगेन्द्र बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक देवमणि गौतमले गरेका थिए । साथै उक्त महायज्ञमा उपस्थितिका लागि सम्पूर्ण भक्तजनहरुमा आग्रहसमेत गरिएको छ ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *