२०८१ असोज २४ गते बिहिवार

बबईमा आपतकालीन कार्य सञ्चालन केन्द्र


प्रकाश डाँगी
तुलसीपुर, ६ असोज ।
वर्षेनी हुने विभिन्न प्रकोपबाट आम नागरिकहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाबित हुने भएपछि पश्चिम दाङमा रहेको बबई गाउँपालिकाले समयमै सूचना संकलन तथा आवश्यक पूर्व तयारी र प्रतिकार्य गर्नको लागि स्थानीय रुपमै आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापनाको प्रक्रियालाई अघि बढाएको छ ।

बबई गाउँपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट हुनसक्ने विपद्बाट सर्वसाधारणको जीउज्यान तथा सार्वजनिक निजी सम्पत्तिकोे संरक्षण गर्दै आपत्कालीन समयमा प्रभावित नागरिकको तत्कालै खोज तथा उद्दार गरी आवश्यक सहयोगको प्रभावकारिताको सुनिश्चितताका लागि गाउँपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको आवश्यकता महसुस भएसँगै गाउँपालिकामा केन्द्र स्थापनाको लागि अघि बढेको गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलले बताए ।

गाउँपालिकाभित्र खासगरी बाढी, पहिरो, सर्पदंश र आगलागी प्रमुख प्रकोपको रुपमा रहेको र यस्ता प्रकोपले विभिन्न समयमा मानवीय क्षतिसँगै भौतिक सम्पत्तिमा समेत क्षति पु¥याउने अवस्था रहेकोले त्यससँग जुध्न आफूहरुले पूर्वतयारी स्वरुप गाउँपालिकामै स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाको लागि अघि बढेको उनको भनाइ रहेको छ । गाउँपालिकाभित्र विपद् जोखिम न्यूनीकरणका गतिविधि गर्नु आफूहरुको एउटा मुख्य कार्य रहेको र गाउँपालिकामै आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनापछि यसले ठूलो सहयोग पु¥याउने अपेक्षा रहेको पौडेलले बताए ।

केन्द्र स्थापना भई सञ्चालनमा आए केन्द्रले विपद्को समयमा आवश्यक सूचना सङ्कलन गर्ने, स्थानीय तहमा कार्यरत सरकारी, गैरसरकारी निकाय, नागरिक समाज र व्यावसायिक क्षेत्रसँग विपद् प्रतिकार्य तथा शीघ्र पुनर्लाभका कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन मद्दत पु¥याउनुका साथै विपद्का समयमा आफ्नो क्षेत्रमा तत्काल खोज तथा उद्दार र राहत व्यवस्थापन, विपद्सम्बन्धी सूचना सङ्कलन, क्षति विश्लेषण र अवस्था लेखाजोखाका लागि प्रतिवेदन तयार गरि विपद् पूर्वतयारी र प्रतिकार्य योजना तयार गर्न मद्दत पु¥याउने भएको हुँदा यसको प्रभावकारिता रहने आफूहरुले अपेक्षा गरेको उनको भनाइ रहेको छ ।

केन्द्रको लागि रेडक्रसको सहयोग
यसैबीच बबई गाउँपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाको प्रक्रिया अघि बढेसँगै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले केन्द्रको लागि आवश्यक पर्ने सामग्रीहरु आइतबार गाउँपालिकालाई उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका उपमन्त्री विष्णु थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शाखा दाङद्वारा सञ्चालन भएको विपद् पूर्वतयारी तथा बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाअन्तर्गत केन्द्रको लागि डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर व्याकअप, एलइडि टिभी ४२ इन्च, कम्प्युटर टेबल, अफिस टेबल, स्टिल दराज, काठको दराज, सेतो पाटी, सूचना पाटी, प्लाष्टिक कुर्सी, स्टे«चर, मेगाफोन, हातेसाईरन र लाईफ ज्याकेट गाँउपालिकाका अध्यक्ष भूवनेश्वर पौडेललाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *