दाङ, असोज ५ । चार दिन पहिले दाङ देउखुरीमा मोटरसाईकल दुर्घटनामा परि घाइते भएका एक सशस्त्र प्रहरीका जवानको उपचारका क्रममा मृत्यु भएको छ । असोज १ गते दुई मोटरसाईलक एक आपसमा ठोक्किदा घाइते भएका तीन जना मध्य दाङको लमही नगरपालिका वडा नं. १ कौडिया निवासी तथा । सशस्त्र प्रहरी बल जाजरकोटमा कार्यरत ३० वर्षीय दीपक भट्टराईको उपचारका क्रममा आइतावर मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।
गढवाबाट लमही आउँदै गरेको लु ५१ प ३९५५ र लमहीबाट गढवा जाँदै गरेको रा ३ प ९६२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घोराही उपमहानगरपालिका–६ रझेना निवासी सुनामी चौधरी र धनुषा जिल्ला जनकपुर–९ निवासी ५३ वर्षीय मोहम्मद हुसेन खान घाइते भएका थिए ।
घाईते दुबै जनाको हाल चितवनमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । सशस्त्र प्रहरी जवान भट्टराई एक्लै बाईकमा सवार थिए । असोज १ गते बेलुका पौने ६ बजेतिर लमही–गढवा सडक खण्ड अन्तर्गत गढवा गाउँपालिका वडा नं. ५मा उक्त दुर्घटना भएको थियो ।