दाङ, असोज ५ । दाङको घोराहीमा बास बसेका एक व्यक्ति मृत फेला परेका छन् । स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं. १ घर भई हाल दाङको घोराहीमा बस्दै आएका ३५ बर्षीय नारायणप्रशाद भण्डारी मृत फेला परेका छन् । मृतक भण्डारीले विगत ७ बर्षदेखि घोराही उपमहानगरपालिका वडा नं. १५ मा पसल सञ्चालन गर्दै आएका थिए ।
शनिवार बेलुका घोराही बजारको निशा तन्दुरी होटेलमा बास बसेका भण्डारी आइतवार विहान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । भण्डारी शनिवार बेलुका सोही होटेलमा मदिरा सेवन गरेर त्यही बास बसेका थिए । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
घोराही मा घर भएको मान्छे किन होटेल मा बासबस्नु भयो अनुसन्धान जरुरी छ