
काठमाडौं, असोज १ । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराएको छ ।
यो योजना असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । ३ जीबी डाटा प्याक लिनका लागी *1415*3# मा डायल गर्नुपर्छ । अथवा 3D1G लेखेर १४१५ मा म्यासेज पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।
प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
