
काठमाडौं, भदौ १९ । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ पि्रपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ ।
मोबाइलमार्फत *1400# डायल गरेर अथवा sub mca लेखेर 1400मा एसएमएस पठाई यो सुविधा सुरु गर्न सकिन्छ । यो सेवा लिएबापत प्रति महिना ६ रुपैँयामा लाग्नेछ ।
प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार
