तुलसीपुर, २३ साउन । राप्ती बबई क्याम्पस तुलसिपुरका नेविसंघमा आबद्ध बिद्यार्थीहरुले क्याम्पसमा तत्काल नेविसंघ इकाई अधिबेशन गर्न माग गरेका छन् । राप्ती बबई क्याम्पसका नेविसंघ पुर्ब इकाई अध्यक्ष जितेन्द्र प्रकाश वली, निबर्तमान अध्यक्ष रोहित न्यौपाने, पुर्ब उपाध्यक्ष कैलाश चन्द लगायतको नेतृत्वमा ९० जना विद्यार्थीहरुको टोलिले नेपाली काङ्ग्रेस दाङका सभापति किर्ती बहादुर खड्कासंग भेट गरि तत्काल बिधिबत अधिबेशनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा केही समय देखि क्याम्पसमा नेविसंघ भित्रै विवादको अबस्था सिर्जना भै संगठनलाई नै असर परेकाले तत्काल पुर्ण बिधिबत रुपमा नेविसंघकाे इकाई अधिबेशन गर्नका लागि आबश्यक निर्देशन तथा अनुकुल बाताबरण निर्माण गरिदिन अनुरोध गरिएको छ । ४ जना ब्यक्तीहरुले सर्बसम्मत रुपमा बिबाद समाधान भयो भन्दै प्रचार गरेको प्रती आपत्ती जनाउदै सबै बिद्यार्थीहरुको भावना नै नयाँ आधिकारिक अधिबेशन भएको उल्लेख्य छ ।
साथै उक्त टोलिले केही समय पहिले पार्टी क्षत्रिय सभापति, नेविसंघका जिल्ला अध्यक्ष लगायतको नाम उल्लेख गरि सामाजिक संजालमा अपमान तथा बदनाम बनाउने गरि स्टाटस सार्बजनिक भएको विषयमा तत्काल छानबिन गरि ती ब्याक्तीहरु पार्टीका कार्यकर्ता हुन वा होइनन् यदि भएको भए अनुशासनको परिधिभित्र ल्याउन समेत सभापति खड्कासंग माग गरेका थिए । जबाफमा सभापति खड्काले विद्यार्थीका माग जायज भएको र तत्काल बिधिबत अधिबेशन गराउन आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। साथै खड्काले पार्टीको अनुशासन नमान्नेलाइ अब कारबाहीको अभियान तीब्र रुपमा चलाउने समेत उद्घोषण गरे । नेविसंघ दाङका अध्यक्ष राज कुमार डागिले बबई क्याम्पसमा अधिबेशन गर्नका लागि जिल्ला सदस्य निरज गिरिलाई जिम्मेवारी सहित प्रतिनिधि तोकेका छन् ।
अध्यक्ष डागिले आसन्न पश्चिम् दाङको प्रदेश निर्वाचनलाई मध्ये नझर गर्दै युबा विद्यार्थीलाई चलायमान गराउन पनि बबई क्याम्पसको अधिबेशन तत्काल गर्नु पर्ने बताउदै जिम्मेवारी पूरा गर्न प्रतिनिधि गिरिलाइ भनिसकेको बताए । प्रतिनिधिको जिम्मेवारी पाएका नेविसंघ जिल्ला सदस्य निरज गिरिले जिल्ला अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्न पार्टी सभापति कीर्ति बहादुर खड्कासंग सल्लाह गरि तत्काल अधिवेशनको मिति तोक्ने र नेविसंघका नेताहरु र बबइ क्याम्पसका नेविसंघमा आबद्ध बिद्यार्थीहरुसंग सल्लाह गरि बिधिबत अधिबेशन गर्ने जानकारी दिए ।