
दाङ, साउन १५ । दंगिशरण गाउँपालिका वडा नं. १ गोल्टाकुरी विगत २२ दिनदेखि सञ्चार विहीन भएको छ । त्यहाँ स्थापना गरिएको नेपाल टेलिकमको टावर विग्रिएको हुँदा सेवाग्राही मर्कामा परेको नेपाली काँग्रेसका गोलटाकुरी सभापति प्रकाश वलीले बताए ।
‘२२ दिनदेखि गोल्टाकुरीबासी सञ्चार सेवा बाट विमुख हुँदै आएका छौं,तर,पनि विग्रेको उपकरण पुर्नं मर्मत गर्न कसैले चासो दिएको छैन,’ वलीले भने । उनले तुलसीपुर स्थित कार्यालयमा पटक ÷ पटक जानकारी गराएपछि केही दिन पहिले दुई जना कर्मचारी गएर हेरेको भएपनि लामो समय वितिसक्दा समेत विग्रेको बनाउन कसैले चासो नदिएको गुनासो गरे ।
प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार
