२०८१ भाद्र २५ गते मङ्गलवार

कबिता : अब आमालाई ढाँट्दिन

दीपेश खड्का

छोरा भन्छ –आमा अबत दश पास गरे
सहर पढ्न जान्छु
छोराको कुरा आमाले कसरी
नकार्न सक्थिन

छोरा सहर पस्छ
सुरुमा
ऋनौंठो र रमाइलो लाग्छ
उस्लाई सहर
साथि भाइ बढे संगै
बढदै जान्छन उस्का रहरहरु

आमा – दुर पहाडमा बसेकी छिन
छोराको प्रगतीको आशा बोकी
छोरा भन्छ –आमा साथीहरु घुम्न जाने रे ?
पैसा पठाइ देउ न
आमा हुन्छ भन्छिन
तर, छोरालाई पठाउन पैसा भय पो
छर छिमेकमा सापटी माग्दै हिडिन
उता छोरा रंगिन सहरको
भूलभूलैयामा भूल्दै थियो
रमाउदै गयो र
तै आमा छिन आशा मै हुन्छिन
मेरो छोरा एक दिन ठूलो मानिस बन्ने छ …

सहरमा छोराका खराब दाइहरु थ्पिदै गए
ग्याङ स्टारमा जोडिदै गयो ऊ
चुरोट, गाँजा, मदिरा…
कुलतको दलदलमा फस्दै गयो
र पनि
आमालाई ढाँटी रह्यो
बाहाना बनाउँदै फोन गथ्र्यौ
अनेक बाहानाबाजीमा पैंशा माग्थ्यो

उता आमा च्यातिएको चोलीमा
मेला पातमा छोराको प्रगति
छर छिमेकलाई सुनाउँथिन
उनी छोराको सुन्दर भविश्यको
सपनाहरु बुन्दै बस्छिन
मेरो छोरा … मेरो छोरा
लखतरान शरिर, भोकै पेट
आशामै निदाउँथिन
मेरो छोरा एक दिन अवश्य
ठूलो मान्छे बन्ने छ

परीक्षाको नतिजामा ऊ फेल हुन्छ
एकै साथ तीन बिषयमा अनुत्तिर्ण
तै, पनि अनपढ सोझी आमालाई
छोरा ढाँटी रहन्छ
राम्रो संग पढी रहेको छु भनिरहन्छ
मुस्किलले उस्ले १२ पास गर्छ

आफ्नै आमालाई ढाँटेकोमा
दाइ कमाउने नामा कुलुतमा फसेको
उस्लाई आज ठूलो पश्चाताप छ
ऊ एक पटक गम्भीर भइ कल्पिन्छ
जीवनमा ठूलो अनिश्चयको खाडल देख्छ


फेरि एक पटक प्रण गर्छ
म अब आमालाई कहिलै ढाँट्दिन
आमाको सपना साकार पार्छु
मेहनत साथ पढ्छु अनि
मेरी आमाको ओठहरुमा
सदाका लागि मुस्कान ल्याउँछु ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *