२०८३ बैशाख १७ गते बिहिवार

रोल्पा जीप दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु

दाङ, बैशाख १७ ।

रोल्पामा भएको जीप दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि घटनास्थलमै १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर विश्वकर्माले बताए ।
दिउँसो करिब पौने ३ बजेतिर रुकुम पूर्वको सिस्ने गाउँपालिका बाट बैशाख पूर्णिमाको अबशरमा जलजलामा लाग्ने ठूलो मेलाका लागि गइ रहेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप थवाङ गाउँपालिका – १ सल्यापबाट जीप झन्डै ८०० सय मिटर मुनी खसेको थियो ।

घटनास्थल जटिल भूगोल हु्नुका साथै पानी परि रहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको डिएसपी विश्वकर्माले बताए ।
यसैबीच रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जिप दुर्घटनामा परी यात्रुरुको ज्यान गएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गरेका छन ।
घटनाप्रति प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले यस दुःखद दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताए । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *